काठमाडौ, भाद्र २८ - 'बिहे भनेको समाजले बनाएको बन्धन हो, सिन्दुर-पोतेले रंगाइदिँदैमा जीवन रंगीन हुन्छ नै भन्ने छैन । त्यसका लागि त एक-अर्काको माया र साथ चाहिन्छ ।'
नारी अधिकारवादीको जस्तो लाग्ने यो संवाद फिल्म 'पलपलमा' मा पतिको माया र साथ पाउन नसकेकी एक अभागी पत्नीको हो, जो पतिबाट पाउन नसकेको चीज परपुरुषबाट पूर्ति गर्न विवश छे ।
शुक्रबारदेखि रिलिज गरिएको उकेश दाहाल निर्देशित फिल्म 'पलपलमा' ले प्रेम सम्बन्धका विभिन्न यथार्थपरक पाटोलाई उजिल्याउने प्रयास गरेको छ । आदर्श प्रेम र व्यावहारिक प्रेमबीचको द्वन्द्वलाई फिल्म लेखन समेत गरेका निर्देशक दाहालले वास्तविकताको नजिक रहेर उतार्ने काम गरेका छन् । पछिल्लो समय फरक धारका नेपाली फिल्म रिलिज भइरहेको बेलामा 'पलपलमा' ले पनि महिला-पुरुष सम्बन्धलाई फरक पाटोमा देखाउन खोजेको छ । To read more click here
Please Help Us..
Posted by madan on 3:37 PM
0 comments:
Post a Comment