फेरि फर्काइए शरणार्थी ~ Entertaining Site

Important Information

Hey, we got our own fourm, so if you guys have anyquestion about anything please feel free to write on our forum and i will response to it! As soon as possible.

"Please join our Fourm."

Please Help Us..

फेरि फर्काइए शरणार्थी

पुनर्वासका लागि शिविरबाट विदाबारी भएर हिँडेका गोलधाप शरणार्थी शिविरका चन्द्र बहादुर शिवाको ६ जनाको परिवारलाई २ हप्तापछि शरणार्थी शिविरमै फर्काइएको छ । अमेरिका पुनर्वास हुन सवै प्रकृया पूरा गरेर हिँडेको गोलधाप शरणार्थी शिविरको सेक्टर ए ३ छाप्रो नं. ८६ को शिवाको परिवारलाई स्वास्थ्य सम्वन्धी समस्याका कारण फर्काइएको बताइएको छ । शिवाको परिवार २ हप्तासम्म काठमाण्डौंमा रहेको आइओएमको ट्रान्जिटमा बसेर शिविर फर्केको हो ।

अघिल्लो महिनामात्र मोरङको शनिश्चरे शरणार्थी शिविरका तीन शरणार्थी परिवारलाई पनि स्वास्थ्य जाँच गरेको कागजातको म्याद सकिएको कारण शिविर फर्काइएको थियो ।
पुनर्वासमा जानुअघि आफ्ना सामान कुनै बेचेर र कुनै आफन्तलाई दिएर हिँडेको हुँदा शिविर फर्किनु परेपछि बस्ने खानेकै हैरानी हुन्छ ।
यसैबीच पुनर्वास लैजाने भनेर हिँडाएका शरणार्थी परिवारलाई शिविर मै फर्काइएको घटनाप्रति शणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले आपत्ती जनाएको छ । समितिका अध्यक्ष डा. भम्पा राईले पुनर्वासका नाममा शरणार्थीमाथि अमानविय व्यवहार गरिएको आरोप लगाउनु भएको छ ।
भुटानी शरणार्थीको पुनर्वास पश्चिमी मुलुकमा सस्तो श्रमको आवश्यक्ता पूर्तिको उद्देश्यका साथ भएको भन्दै शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) र शरणार्थी सहायतामा लागेका केही संघसंस्थाले लोभलालचका भरमा पुनर्वासको काम गरेको उहाँको आरोप छ । शरणार्थीलाई फुटाएर अभिभावकविहीन हालतमा पुनर्वास गराएकोले पुनर्वास भएको मुलुकमा उनीहरुले थप संकट वेहोर्नु परेको डा. राईले बताउनु भयो ।

0 comments:

Post a Comment

latest tito satya

latest marri bassi

 
Go to Top