बलिउडका बेबहरु ~ Entertaining Site

Important Information

Hey, we got our own fourm, so if you guys have anyquestion about anything please feel free to write on our forum and i will response to it! As soon as possible.

"Please join our Fourm."

Please Help Us..

बलिउडका बेबहरु

सन् २०१० सकिंदैछ, बलिउडमा यो वर्षको समीक्षा पनि भैरहेको छ । बलिउडमा अहिले दिनै जसो टेलिभिजन च्यानल, पत्रपत्रिका, अनलाइनले वर्षका उत्कृष्ट, फिल्म, नायक, नायिका र मोडलको खोजी पनि गरिरहेका छन् । यस्तै खोजीमध्ये यो वर्ष बलिउडका सात उत्कृष्ट नायिकाको सूची सान्टाबान्टा वेभसाइटले तयार पारेको छ ।


यो साइटका अनुसार सूचीको पहिलो नम्वरमा छन्, बलिउडकी सबैभन्दा सुन्दरी नायिका एश्वर्या राय । रायका यो वर्ष तीन चलचित्र आए, पहिलो चलचित्र थियो रावण मनिरत्नमले निर्देशन गरेको यो चलचित्रमा पति अभिषेक बच्चन नायक थिए ।


सञ्जय लिलाभन्सालीले निर्देशन गरेको चलचित्र गुजारिसमा नायक ऋतिक रोशनले साथ दिएका थिए भने एक्शन रिप्लेमा अक्षयकुमारले साथ दिएका थिए । तर तीनवटै चलचित्रमा ठूला निर्देशक र नायक हुँदा पनि एश्वर्यालाई यो वर्षले साथ दिएन । तीनवटै चलचित्र सुपर फ्ल्प भए । यो वर्ष कैटरिना कैफका दुई चलचित्र रिलिज भए, राजनीति र तिस मार खान, राजनीतिमा कैटरिनाले फरक अभिनयले राम्रै चर्चा पायो भने तिस मार खानमा बढी चर्चा कम अभिनय भयो । तिस मार खान सुपर फ्लप समेत भयो ।

यो वर्ष अर्की नायिका विद्या बालन पनि चर्चामा रहिन्, उनले चलचित्र इश्कियामा गरेको अभिनय र किस सिनका लागि चर्चामा रहिन । इश्कियापछि विद्या बालनको चलचित्र नो वन किल्ड जेशिका अहिले पर्दशन भैरहेको छ । यो चलचित्रमा विद्यालाई रानी मुखर्जीले साथ दिएकी छन् । दुवै अभिनेत्रीले चलचित्रमा दमदार अभिनय गरेका छन ।

यो वर्ष दिपिका पादुकोणेका तीन चलचित्र प्रदर्शनमा आए, पहिलो थियो कार्त्तिक कलिङ कार्त्तिक, हाउसफुल र ब्रेकके बाद । यी तीनवटा चलचित्रमध्ये हाउसफुल केही चल्यो भने अरु दुई चलचित्र सुपर ˆल्प भए । सन् २०११ का लागि दिपिकाको चलचित्र सात खेलें हम जि जानले प्रदर्शनका लागि तयार भएको छ ।



यो वर्ष कंगना रनावत पनि हिट नै रहिन, उनले चलचित्र ओन्स अपन अ टाइममा फरक भूमिका देखिइन, यो फिल्म हिट पनि भयो । चलचित्र काइट्स, नक आउट र नो प्रोब्लम जस्ता चलचित्रमा अभिनय गरेर कंगना यो वर्ष हिट हुने प्रयास गरिन । उनको अभिनय यो वर्ष फरक धारमा समेत बग्यो ।

यो वर्षको हिट नायिकाको सूचीमा सोनम कपुर र पि्रयंका चोपडा पनि परेका छन् । सोनम कपुरका यो वर्ष दुई वटा चलचित्र आइ हेट लभस्टोरिज र एैशा आए । यो दुई चलचित्रमा सोनमको अभिनयको जादु त चल्यो तर फिल्म भने चल्न सकेन । नायिका पि्रयंका चोपडाको प्यार इम्पोसिवल र अन्जाना अन्जानी ˆल्प भए । तर सन् २०११ मा उनको चलचित्र सात खुन माफ भने हिट हुने सम्भावना छ ।









0 comments:

Post a Comment

latest tito satya

latest marri bassi

 
Go to Top