खानहरुको वर्ष (फोटो फिचर) ~ Entertaining Site

Important Information

Hey, we got our own fourm, so if you guys have anyquestion about anything please feel free to write on our forum and i will response to it! As soon as possible.

"Please join our Fourm."

Please Help Us..

खानहरुको वर्ष (फोटो फिचर)


सन् २०११ बलिउका लागि महत्वपूर्ण वर्षका रुपमा लिइएको छ । यो वष यस्ता फिल्महरुको रिलिज हुँदै छन्, जसको विषयमा लामो समयदेखि चर्चा भैरहेको छ । बलिउडका निर्माता निर्देशकहरुले एकपटक फेरी खान बन्धुहरु माथि भरोसा राखेका छन् । त्यो पनि यति ठूलो कि खानबन्धुहरुका लागि एक/दुई होइन पुरै चार सय करोड भारतीय रुपैयाँ लगाएका छन् । खासगरी पछिल्ला केही वर्षदेखि बलिउडले खानबन्धुका लागि यति धेरै प्यार दिएको छ कि त्यस्ता माया पाउनका लागि बलिउडका सबै साना ठूला कलाकारहरु कसरत गरिरहेका छन् । सलमान, अमिर र शाहरुखको फिल्मले गएको वर्ष बक्स अफिसमा ठूलै धमाल मचाएको थियो ।


जानकार र ट्रेड विश्लेषकहरुको भनाईलाई आधार मान्ने हो भने २०११ सालमा बलिउड फिल्मी उद्योग दुई हजार करोड भारतीय रुपैयाँको छ र यसमा खानहरु माथि नै चार सय करोडको दाउ लागेको छ । दर्शकले सबैभन्दा बढी पर्खेको फिल्म हो, शाहरुख खानको रा-वन । यो फिल्ममा शाहरुख एउटा सुपरहिरोको रुपमा देखिंदै छन् । फिल्ममा प्रयोग गरिएको स्पेशल इफेक्ट्सका लागि अहिलेदेखि नै चर्चा सुरु भएको छ । शाहरुख खानको अलावा यो फिल्ममा करिना कपुर र अर्जुन रामपालले पनि अभिनय गरेका छन् । यो फिल्म दिपावलीका आसपासमा रिलिज गर्ने तयारी भैरहेको छ भने यो फिल्म शाहरुख खानको फिल्म निर्माण कम्पनी रेड चिल्लिजले तयार पारेको हो । यस बाहेक शाहरुख खानको २०११ का लागि अर्को फिल्म हुनेछ, डन-२ । यो फिल्म फरहान अख्तरको सिक्वेल हो । यसलाई पनि दर्शकले राम्रैसँग पर्खेका छन् ।



उता बलिउडमा नयाँ-नयाँ प्रयोग गर्न रुचाउने अमिर खान पनि यो पल्ट अलग अवतारमा देखिने छन् । यो वर्ष उन्का दुई फिल्म आउने छन्, पहिलो फिल्म धोविघाट जनवरीमा रिलिज हुनेछ । अमिरकी श्रीमती किरण रावले निर्देशन गरेको यो फिल्ममा अमिरले पनि अभिनय गरेका छन् । अमिरले अभिनयका अलवा यो फिल्ममा श्रीमती रावलाई विभिन्न काममा पनि सहयोग गर्दै आएका छन् । त्यसबाहेक उनी रिमा काटगीको सस्पेन्स थि्रलरका लागि पनि साइन गरेका छन् । अमिर खानको उपस्थितिले बलिउडमा फेरी नयाँ प्रयोग देख्न पाइने विश्लेषण बजारको छ ।





अमिर खान यो फिल्मको सहयाक निर्माता पनि हुन । वितेका तीन वर्षमा अमिर खानले हिट फिल्म दिएका छन । हरेक फिल्मले पछिल्लो वर्ष बनाएको रेकर्ड पनि ब्रेक गर्ने गरेको छ । २००७ मा अमिर खानको तारे जमिन पर, २००८ मा गजनी र २००९ मा थि्र इडियट्स प्रदर्शन भएको थियो । यी तिनवटै फिल्म क्रिसमसका अवसरमा रिलिज भएका थिए । यो साल पनि अमिर खानको सस्पेन्स थि्रलर फिल्म क्रिसमसको आसपासमा रिलिज हुने सम्भावना छ ।



सन् २०१० का लागि सबैभन्दा चर्चामा रहेका खान हुन्, सलमान खान, जसलाई चलचत्रि दवंगबाट दवंग खान पनि भन्न थालिएको छ । बलिउडका निर्माता निर्देशकहरुले सन् २०१० मा हिट फिल्म दिएका सलमान खानबाट सन् २०११ मा पनि ठूलो अपेक्षा गरेका छन । यो वर्ष सलमान खानको फिल्म माई लव स्टोरी आउँदै छ । महिलामा निक्कै लोकपि्रय सलमान खानको यो फिल्मकै नामले पनि फिल्म हल भरिने सम्भावना छ । यो फिल्म इदको अवसरमा रिलिज हुने सम्भावना देखिएको छ । फिल्म माई लव स्टोरीमा सलमान खानसँग करिना कपुर छन् । करिनाभन्दा पहिला यो फिल्ममा सलमान खानकी असली प्रेमिका कैटरिना कैफलाई प्रस्ताव गरिएको थियो तर फिल्मका लागि डेट नमिले पछि करिनालाई अफर गरिएको हो । यो फिल्मले दवंगको रेकर्डलाई कायमै राख्ने सम्भावना बलिउडमा छ ।





त्यसबाहेक सलमान खानको अर्को चलचित्र रेडि पनि सन् २०११ मा प्रदर्शन हुने छ । यो फिल्म दवंग जस्तै मसला फिल्म हो । चलचित्र रेडीमा सलमानको जोडीका रुपमा दक्षिणकी नायिका आसिन छन् । यी तीन खानको अलावा बलिउडमा छोटे नवाफ भनेर चिनिने सैफ अलि खान पनि एजेंट विनोद लिएर आउँदै छन् । एजेंट विनोदमा सैफको साथमा प्रेमिका करिना कपुरले अभिनय गरेकी छन् ।



त्यसबाहेक इमरान खान पनि यो वर्ष दुईवटा ठूलो नाम चलेका व्यानरसँग फिल्ममा उत्रिएका छन । इमरान यशराज फिल्मको मेरे ब्रदरकी दुल्हनमा कैटरिना कैफसँग देखिंदै छन् । यसको अलावा इमारान करण जौहरको फिल्म शर्ट टम शादीमा नायिका करिना कपुरसँग देखिंदै छन् । प्रष्ट छ, सन् २०११ खानको नाममा हुनेछ । अब यी सबै खानका लागि लगाइएको यति ठूलो लगानीले कति कमाउने हो ? त्यसका लागि पुरै वर्षको प्रतिक्षा गर्नुबाहेक अर्को उपाय छैन ।




0 comments:

Post a Comment

latest tito satya

latest marri bassi

 
Go to Top