तौल घटाउँदै कलाकार ~ Entertaining Site

Important Information

Hey, we got our own fourm, so if you guys have anyquestion about anything please feel free to write on our forum and i will response to it! As soon as possible.

"Please join our Fourm."

Please Help Us..

तौल घटाउँदै कलाकार

काठमाडौ, कार्तिक ७ - आवश्यकताभन्दा बढी मोटाएपछि रोगले न त कलाकार नै भन्छ न अरू नै । पछिल्लो समय दर्शकले मोटो शरीर नरुचाउलान् भन्ने डर र रोग लाग्ने भयले कलाकार तौल घटाउने अभियानमा छन् । १५ वर्षअघि रजतपटमा छिरेका नायक दीलिप रायमाझीले मोटाएर नचिन्ने भएपछि एक महिनामै १० केजी तौल घटाए । खानपानमा ध्यान नदिएका कारण मोटाएको बताउने रायमाझीले ८० केजीबाट ७० मा तौल झारेका हुन् । काठमाडौ, कार्तिक ७ - आवश्यकताभन्दा बढी मोटाएपछि रोगले न त कलाकार नै भन्छ न अरू नै । पछिल्लो समय दर्शकले मोटो शरीर नरुचाउलान् भन्ने डर र रोग लाग्ने भयले कलाकार तौल घटाउने अभियानमा छन् । १५ वर्षअघि रजतपटमा छिरेका नायक दीलिप रायमाझीले मोटाएर नचिन्ने भएपछि एक महिनामै १० केजी तौल घटाए । खानपानमा ध्यान नदिएका कारण मोटाएको बताउने रायमाझीले ८० केजीबाट ७० मा तौल झारेका हुन् । 'तौल घटाउन दर्शकले धेरै प्रतिक्रिया पठाए,' उनले भने, 'त्यही भएर ।' उनी अझै ५ केजी तौल घटाउने धाउन्नमा छन् । अहिले उनी बिहान नियमित मर्निङवाक जाने र घरमा बसेर योगासमेत गर्न थालेका छन् । 'मिस यू' फिल्मको सुटिङमा व्यस्त उनी आफ्नो शारीरिक तौल घटेपछि रोग नलाग्ने र दर्शकले मन पराउनेमा ढुक्क छन् । अमेरिकामा बसोबास गर्दै आएका रेस मरठ्ठा ९ वर्षअघि नेपालमा आएर 'चाहन्छु म तिमीलाई ' र 'पिँजडा' चलचित्रमा अभिनय गर्दा ५४ केजीका थिए । हाल उनको तौल बढेर ६९ केजी पुगेको छ । 'च्यालेन्ज' फिल्मको डबिङमा व्यस्त उनी शारीरिक व्यायमका साधन घरमै राखेर दैनिक दुई घन्टा शारीरिक कसरत गर्दै आएका छन् । 'मोटोपनलाई कम गर्न खानपानमा ध्यान दिनुपर्दो रहेछ,' उनले भने, 'त्यही गरिरहेको छु ।' साना र ठूला पर्दाका चलचित्रमा अभिनय गरेर दर्शकको मन जित्न सफल कलाकारलहरू मोेटाउन थालेपछि अहिले धामधम तौल घटाउन लागिपरेका हुन् । उता दुई दशकअघि हास्य कलाकारका रूपमा उदाएका आरपी भट्टराईले पनि तौल घटाएर ९४ केजी बनाएका छन् । पहिला १ सय १४ केजी तौलका भट्टराईले ९ महिनामा २० केजी घटाएका हुन् । उनी ९४ केजीबाट ९० केज्ाी बनाउने सुरमा छन् । 'बढी तौल हुँदा धेरै सास्ती खेप्नुपर्दो रहेछ,' भट्टराईले भने, 'अहिले घटाउँदै छु ।' उनले चिल्लो खानेकुरा खान छाडेको र नियमित कसरतसमेत गर्न थालेको बताए । पछिल्लो समय तीतो सत्यमा 'लादा लाम' -राजाराम) नामक तोतेपात्रका रूपमा अभिनय गरेर चर्चा कमाएका भट्टराई समयमै तौल घटाएकाले रोगले चाँडै आक्रमण नगर्नेमा विश्वस्त छन् । एकताकाकी चर्चित व्यस्त नायिका करिश्मा मानन्धर सुरुमा अभिनय यात्रा सुरु गर्दा मोटी थिइन् । उनको तौल सुरुमा ५५ केजी थियो । पछि शारीरिक व्यायम गरेर तौल घटाए पनि मानन्धर अहिले ५४ केजीकी छन् । 'दसैंअघिसम्म ५३ केजी थिएँ, दसैंको मासुले एक केजी बढेछु,' शनिबार पुतलीसडकको एक कार्यक्रमा भेटिएकी मानन्धरले भनिन्, 'अब ५० केजीमा झार्छु ।' खानपानमा नियन्त्रण नहुँदा मोटाइएको र घरमै बसेर तौल घटाउने योजनामा रहेको उनले जनाइन् । अभिनयमा २५ वर्ष बिताएकी मानन्धर केही समयअघि अमेरिकाबाट नेपाल आएकी हुन् । पति सुनिलकुमार थापाले निर्माण गरेको चलचित्र 'धर्मसंकट' बाट १२ वर्षअघि नायिकाका रूपमा उदाएकी झरना थापाले भने आफ्नो तौल ठिक्क भएको बताइन् । सुरुमा अभिनय यात्रा सुरु गर्दा उनको तौल कम भए पनि पछि बढेर ५४ केजी पुगेको थियो । सुटिङकै व्यस्तताले व्यायम गर्न नपाउने बताएकी थापाले सुटिङ गरेरै तौल ५० केजीमा झारेको बताइन् । 'ठीक छु,' थापाले भनिन्, 'अब ५० केजीभन्दा बढी मोटाउँदिनँ ।' ५ बर्षअघि जीरे खुर्सानीबाट अभिनय यात्रा सुरु गरेकी अंशु महर्जनको तौल पहिला ८५ केजी थियो । अहिले ७५ केजी । मोटोपनले गर्दा जीरे खुर्सानीमा हात्ती पात्रको रूपमा अभिनय सुरु गरेकी उनलाई दर्शकले हात्ती नामले नै चिन्छन् । शनिबार बिहान मित्रपार्कस्थित एक फिटनेस सेन्टरमा तौल घटाउन व्यायम गर्दै गरेको अवस्थामा भेटिएका 'तीतो सत्य' का निर्मल शर्मा -गैंडा) ले रोग लाग्ने डरले तौल घटाउन फिटनेस सेन्टरमा आएको बताए । १ सय ८ केजी तौलका शर्माले अहिले तौल घटाएर १ सय २ केजी बनाएका छन् । दसैंमा मोटाउने डरले मासु नखाएका शर्मा आफ्नो तौल ९० केजीमा सीमित गर्ने सोचमा छन् । तौल घटाउन अधिकांश कलाकारले नियमित रूपमा शारीरिक व्यायम गर्ने गरेका छन् । उता धेरै मोटाउनु रोग निम्त्याउनुसरह रहेको चिकित्सक डा.ललित मिश्र बताउँछन् ।

0 comments:

Post a Comment

latest tito satya

latest marri bassi

 
Go to Top